इमर्जेन्सीमा उपचाररत बिरामी बितेपछि केएमसी अस्पतालमा तनाव

इमर्जेन्सीमा उपचाररत बिरामी बितेपछि केएमसी अस्पतालमा तनाव
सुन्नुहोस्

राजधानीको सिनामंगलस्थित केएमसी अस्पताल बाहिर मृतकका आफन्त भेला भएपछि अस्पतालको वातावरण तनावपूर्ण बनेको छ । हिजो दिउँसो सामान्य बिरामीलाई उपचारको निम्ति अस्पताल पुर्याए पनि साँझ मृत घोषणा गरिएको भन्दै आफन्तहरुले विरोध जनाएको बताइन्छ । 

इलाम घर भई पूरानो बानेश्वर बस्ने ६२ वर्षीय पदमलाल रिजाललाई हिजो दिउँसो साढे ४ बजेको समयमा केमसी पुर्याइएको आफन्तहरुको भनाई छ । छाति र पेट दुखेपछि रिजाललाई अस्पताल पुर्याएर इमर्जेन्सीमा उपचार थालिएको हो । तर, राति साढे ७ बजेको समयमा चिकित्सकले मृत घोषणा गरेपछि आफन्तहरु आक्रोशित भएका हुन् ।

मृतकका आफन्त र प्रशासनबीच हिजो भएको वार्ता असफल भएपछि आज आफन्तहरु थप संख्यामा अस्पताल पुगेका छन् । ठूलो संख्यामा मृतकका आफन्तहरु अस्पतालको गेटमा बसेकाले वातावरण तनाव भएको अस्पताल स्रोतको भनाई छ ।
 

टिप्पणीहरू