तन्नेरी छोरीका बाबु-आमा डिभोर्सको संघारमा

तन्नेरी छोरीका बाबु-आमा डिभोर्सको संघारमा
सुन्नुहोस्

बलिउड अभिनेता सैफ अलि खान र अभिनेत्री करिना कपूर भारतकै आइडल दम्पत्ति मानिन्छन् । लाखौँ प्रशंसकले यो दम्पत्तिको फेशन र संस्कार पछ्याई रहेका हुन्छन् ।  

तर, पछिल्लो समय सैफ र करिनाको सम्बन्ध चिस्सिएको चर्चा छ । भारतीय सञ्चार माध्यमहरुले यो जोडी डिभोर्सको संघारमा पुगिसकेको दाबीसहितका समाचार सम्प्रेषण गरिरहेका छन् । यस्ता दाबीलाई यी दुइका पछिल्ला गतिविधिले पुष्टि पनि गरिरहेको छ । 

दुई महिनाअघि सैफ र करिना छुट्टा-छुट्टै बस्न थालेको खबर आएको थियो । त्यसको केही हप्तामै उनीहरुले सामाजिक सञ्जालबाट एक-अर्कालाई 'अनफ्लो' गरे । उनीहरु अहिले पनि साथी छैनन् सञ्जालमा । 

यहीबीच सैफले गत साता बायाँ हातमा रहेको करिनाको ट्याटु मेटाएर त्रिशुल बनाएका छन् । यी सबै कुराले साँचै यो दम्पत्तिले सम्बन्धलाई पूर्णविराम दिन लागेका हुन् ? भन्ने प्रश्न उठाएको छ । यसलाई लिएर सामाजिक सञ्जालमा यसबारे विभिन्न टिकाटिप्पणी पनि भइरहेका छन् । 

स्मरण रहोस्, सैफ र करिनाले लामो समयको प्रेम सम्बन्धपछि सन् २०१२ मा बिहे गरेका थिए । करिना सैफको दोश्रो श्रीमती हुन् । त्यसअघि सन् १९९१ मा उनले अमृता सिंहसँग बिहे गरेका थिए । तर, उनीहरुको सम्बन्ध लामो समय टिक्न सकेन । सन् २००४ मा सैफले डिभोर्स गरे । 

अृमताबाट सैफकी एक छोरी छिन्, सारा अलि खान । उनी अहिले फिल्ममै सक्रिय छिन् । २८ वर्ष पुगेकी सारा अहिलेकी सर्वाधिक व्यस्त बलिउड अभिनेत्री पनि हुन् । 

करिनाबाट भने सैफको तीन सन्तान छन् । अहिलेसम्म डिभोर्सबारे दुवैले मुख खोलेका छैनन् । तर, उनीहरुले गोप्य रुपमा डिभोर्स गर्न लागेको इन्डिया टूडेले जनाएको छ ।

टिप्पणीहरू