सम्धीज्यू अन्ततः बढुवामा सामेल

सम्धीज्यू अन्ततः बढुवामा सामेल

नेपाल प्रहरीका रिक्त आठ डिआइजीमा बढुवा सिफारिस गरिएको छ । २६ जना प्रतिस्पर्धीमध्ये गृहमन्त्री रमेश लेखक,प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र बूढानीलकण्ठ निकट भनी चिनिने सबैलाई समेटिएको छ । 

आइजिपीको कान्छो छोराका हुनेवाला ससुरा तथा भावी सम्धी एसएसपी भोलाबहादुर रावल २ नम्बरमा बढुवा भएका छन् । गृहमन्त्रीका गृह जिल्लाबासी गणेश चन्द बढुवाको ३ नम्बरमा र महानिरीक्षकका ब्याची ध्रुुवराज राउत १ नम्बरमा छन् ।

भूतपूर्व महानिरीक्षक धिरजप्रताप सिंहको सानी आमाका छोरा तथा पहिले नै छुटेका सिद्धिविक्रम शाहलाई ४ नम्बरमा राखिएको छ । 

कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत सुशील सिंह राठौर ५ नम्बरमा परेका छन् । गुप्तचर सेवाबाट आएका उमाप्रसाद चतुरवेदीलाई पनि छुटाइएको छैन । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा दरबन्दी कायम रहेका उनलाई ६ नम्बरमा बढुवा गरिएको छ ।

समावेशी सन्देश दिँदै डम्बर बिकलाई बढुवा सूचीको अन्तिम नम्बरमा राखी लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका एसएसपी हिमालयकुमार श्रेष्ठ ७ नम्बरमा परेका छन् ।

टिप्पणीहरू