योजना आयोगका उपाध्यक्ष थिम्पुमा, पाँच दिनपछि फर्कने

योजना आयोगका उपाध्यक्ष थिम्पुमा, पाँच दिनपछि फर्कने
सुन्नुहोस्

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ भुटानको राजधानी थिम्पु जानुभएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को ५५ औं बोर्ड अफ गभर्नर बैठकमा सहभागी हुन नेपालका तर्फबाट उपाध्यक्ष डा. श्रेष्ठ काठमाडौंबाट पारो हुँदै त्यहाँ पुग्नुभएको हो ।

इसिमोडको बोर्ड सदस्यमा नेपालसहित चीन, अफगानिस्तान, बंगलादेश, भुटान, भारत, म्यानमार र पाकिस्तान छन् । बोर्ड अफ गभर्नर बैठकले २०२३ को वार्षिक प्रगति समीक्षा र २०२५÷२६ को बजेट तथा कार्यक्रमलाई अन्तिम रुप दिने बताइएको छ ।

इसिमोडको प्रधान कार्यालय ललितपुरमा छ । उपाध्यक्ष श्रेष्ठ आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।

टिप्पणीहरू