अदालतको आदेशपछि निलम्बन फुकुवा

अदालतको आदेशपछि निलम्बन फुकुवा

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । उच्च अदालतले आज सन्दीपलाई बलात्कार मुद्दामा सफाई दिएसँगै क्यानको बैठकले निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । 

सन्दीपले अब घरेलु र अन्तर्राष्ट्रिय सबै खेल खेल्न पाउने क्यानले जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उच्च अदालत पाटनको मिती ०८१ जेठ २ गतेको फैसला बमोजिम नेपाल रष्ट्रिय क्रिकेट टिमका खेलागी सन्दीप लामिछानेविरुद्ध बलात्कार मुद्दामा निर्दोष रहेको भनी फैसला आएको हुँदा सन्दीप लामिछानेलाई घरेल तथा अन्तर्राष्ट्रिय सबै प्रकारका खेल गतिविधिबाट निलम्बन फुकुवा गरेको जनाकारी गराउँदछौँ ।’ 

योसँगै सन्दीपले टी–२० विश्वकप खेल्ने पक्का भएको छ । उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको हो ।

टिप्पणीहरू