लगनखेलमा मुर्दावादको नारासहित गृहमन्त्रीको पुत्ला दहन

लगनखेलमा मुर्दावादको नारासहित गृहमन्त्रीको पुत्ला दहन
सुन्नुहोस्

ललितपुरको लगनखेलमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाइएको छ । राति सवा ८ बजेको समयमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताले पुत्ला जलाएका हुन् ।

उक्त पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का संयोजक मिलन राईलाई प्रहरीले गिरफ्तार गरेको विरोधमा गृहमन्त्रीको पुत्ला जलाइएको बताइएको छ ।

पार्टीका ललितपुर जिल्ला संयोजक ईश्वर सिंह साउदको नेतृत्वमा भएको कार्यक्रममा चर्का नारा लगाइएको थियो । मसालसहित प्रदर्शनमा उत्रेका उनीहरुले रवि लामिछाने मुर्दावाद, मिलन राईलाई रिहा गरलगायत नारा लगाएका हुन् ।

विरोध प्रदर्शनमा हस्तक्षेप गर्न प्रहरी पुगेपछि उनीहरु मसाल फालेर भागेका थिए ।

 

टिप्पणीहरू