फौजी हाकिमहरुबीच गृहमन्त्रीको राजीनामा आउने चर्चा

फौजी हाकिमहरुबीच गृहमन्त्रीको राजीनामा आउने चर्चा
सुन्नुहोस्

बागमती प्रदेशको राजधानी हेटौंडामा आगामी मंगलबार र बुधबार प्रदेशस्तरीय सुरक्षा सम्मेलन गर्न लागिएको छ । सम्मेलनमा सबै जिल्लाका सुरक्षा प्रमुखसहित संघीय सुरक्षा निकायका प्रमुखहरु सहभागी हुने कार्यक्रम छ ।

कार्यक्रम उद्घाटन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबाट गराउने योजना छ । तर,संसद बैठकमा सहकारी ठगी प्रकरणमा उनको संलग्नतालाई लिएर नेपाली काँग्रेसले संसदीय छानबिन समितिको माग गर्दै प्रक्रिया अवरुद्ध पारेको धेरै भइसकेको छ । हिउँदे अधिवेशनपछि वर्षे अधिवेशनको पहिलो दिनदेखि नै शुरु भएको काँग्रेसको विरोध झन् चर्केको छ ।

यस्तो अवस्थामा मन्त्रीको राजीनामा आएमा के गर्ने ? भन्ने अन्योल आयोजकमा देखिन्छ । उनीहरुले कार्यक्रमको अन्तिम अवस्थामा मन्त्री परिवर्तन भए के गर्ने भन्नेबारे पनि सबै पक्षसँग अनौपचारिक कुराकानी गरेको स्रोतले बतायो ।

टिप्पणीहरू