काँग्रेसको संयुक्त बैठक पार्टी मुख्यालयमा

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले केन्द्रीय कार्यसमिति र पार्टी संसदीय दलको संयुक्त बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बताइएको छ ।
बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नताको आरोप लगाउँदै काँग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ ।
समिति गठन नभएसम्म बैठक अवरुद्ध गरिने अडानमा काँग्रेस देखिन्छ ।
टिप्पणीहरू