किन विनोद चौधरी फेरिरहन्छन् रुट ?

किन विनोद चौधरी फेरिरहन्छन् रुट ?
सुन्नुहोस्

विवादास्पद व्यापारी तथा सभासद विनोद चौधरी कोलम्बोबाट फर्केका छन् । उनी श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८१ मा हिजो दिउँसो १ बजे काठमाडौं आएका हुन् । 

गत वैशाख २६ गते भारतको मुम्बई गएका उनी हिजो उतैबाट कोलम्बो गएर हिजै स्वदेश फर्केका हुन् । उनी पछिल्ला दिनहरुमा एउटा मुलुकमा गएर अर्कै मुलुकबाट फर्कने गरेका छन् ।

यसअघि वैशाख १० गते पनि श्रीलंका गएर आठ दिनपछि स्वदेश फर्केका थिए । त्यसअघि फिलिपिन्सको मनिलाबाट बैंकक हुँदै चैत २८ गते दिउँसो थाइ एअरवेजको उडान नम्बर टिजी ३१९ मा काठमाडौं आएका थिए । 

चैत ८ गते पनि श्रीलंकाको राजधानी कोलम्बो नै उडेका थिए । त्यसदिन बिहान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बयान लिएपछि दिउँसो श्रीलंकन एअरलाइन्सको उडानमा त्यता गएका उनी उतै उतै मनिला पुगेपछि श्रीमती सारिका चौधरीलाई पनि बोलाएका थिए । 

सारिका मलेसियन एअरलाइन्सको उडान नम्बर एमएच ११५ मा क्वालालम्पुर हुँदै मनिला पुगेकी थिइन् । काठमाडौंको बाँसबारीस्थित तत्कालीन छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको विषयमा ब्युरोले उनीसँग चैत ८ गते बिहान बयान लिएको थियो । 

त्यसअघि माघ १८ गते कान्छो भाइलगायत तीन जनालाई ब्युरोले नियन्त्रणमा लिएर बयान लिएपछि पनि सोही दिन एकाएक नयाँ दिल्लीतिर हान्निएका थिए ।

टिप्पणीहरू