वर्षाद्को सुरुमै पाँच जनाले ज्यान गुमाए

वर्षाद्को सुरुमै पाँच जनाले ज्यान गुमाए फोटो स्रोत : सामाजिक सञ्जाल

कमल भट्टराई
ताप्लेजुङमा जेष्ठ अन्तमा आएको वषाद्बाट ५ जनाले ज्यान गुमाएका छन् । सिरीजंघा ७ खेवाङमा रहेको काबेली थ्री हाईडो पावरमा कार्यरत कामदार फिदिम न.पा. १४ का २५ वर्षीय सविन राईको जेष्ठ ३० गते मृत्यु भएको र ३२ गते फक्ताङलुङ गाउँपालिका २ खेजेनिममा (साविकको खेजेनिम ७ मा) शुक्रबार गएको पैरोमा परेर एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् ।

वर्ष ७० का रामबहादुर साम्रा, वर्ष ५० जसमाया लिम्बू साम्रा, वर्ष ९ की छोरी  जमुना साम्रा, वर्ष ९ कै छोरी गंगा साम्राको ज्यान गएको छ भने पैरोले बाख्रा ५० र कुखुरा २० समेते बगाएको स्थानीयको भनाई छ । । साविकको खेजेनिम ६ पैरोमा परेर ४० वर्षका युगेद्र साम्रा र ३ वर्ष की छोरी समेत गम्भिर घाइते भएको स्थानीयको भनाई छ ।

लामो समय वर्षाद नभएर एकैचोटी मुसलधारे पानी पर्दा आएको भलबाढीका कारण ताप्लेजुङमा ३ दिनको अन्तरालमा ३ महिला र २ पुरुषको ज्यान गएको छ भने १ महिला १ पुरुष घाईते बनेका छन् । दुई घर पूर्ण क्षती भएका छन् । २ वटा काठका मोटरेवल पुल बगेका छन् । एक बाख्रा फर्म बगेको छ । ५५ चौपाय पनि बगेका छन् । एक क्रसर उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ ।


 

टिप्पणीहरू