भूतपूर्व प्रधानसेनापति र श्रीलंकाली राजदूतलाई पाकिस्तानी दूतावासको विशेष निम्तो

भूतपूर्व प्रधानसेनापति र श्रीलंकाली राजदूतलाई पाकिस्तानी दूतावासको विशेष निम्तो

काठमाडौंस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको विशेष कार्यक्रममा नेपाली सेनाका भूतपूर्व प्रधानसेनापति र नेपालका लागि श्रीलंकाली राजदूतलाई निम्त्याइएको छ ।

दूतावासले विगतमा पाकिस्तानमा सैन्य तालिम लिएका भूतपूर्व सैनिक अधिकृतहरुको सम्मानमा आयोजित कार्यक्रममा भूतपूर्व प्रधानसेनापति गौरब समशेर जंगबहादुर राणा र नेपालका लागि श्रीलंकाली राजदूत सुदर्शना पाथिरानालाई विशेष अतिथिको रुपमा आमन्त्रण गरेको बताइन्छ । श्रीलंकाली राजदूत सुदर्शना त्यहाँको वायुसेनाका भूतपूर्व प्रमुख हुन् ।

पाकिस्तानी दूतावासका अनुसार कार्यक्रमलाई सम्बोधन गर्दै पाकिस्तानी राजदूत अब्ररार एच हासिमीले दोस्रो पटक आयोजित यस खालको कार्यक्रममा भएको उपस्थितिले दुई मुलुकबीचको प्रगाढ सम्बन्धलाई पुष्टि गरेको उल्लेख गर्नुभयो । कार्यक्रमलाई भूतपूर्व प्रधानसेनापति राणा र मेजर जनरल बाबुराम श्रेष्ठले पनि सम्बोधन गर्नुभएको थियो ।

सहभागीहरुलाई स्वागत गर्दै दूतावासका डिफेन्स अट्याची कर्णेल मोहम्मद अलि अल्भीले पाकिस्तान र नेपालबीच कायम रहेको असल सैन्य सम्बन्धको चर्चा गरेका थिए । उनले नेपाली सेनाको क्षमता विकासमा पाकिस्तानी सेनाको सँधै सहयोग र समर्थन रहने प्रतिबद्धता जनाएको जारी विज्ञप्तिमा उल्लेख छ ।

टिप्पणीहरू