कामीरिता ३० औं पटक सगरमाथाको चुचुरोेमा

कामीरिता ३० औं पटक सगरमाथाको चुचुरोेमा
सुन्नुहोस्

कामीरिता शेर्पाले सगरमाथा आरोहणको इतिहास नयाँ रेकर्ड कायम गरेका छन् । आज बिहान पुनः सगरमाथाको शिखरमा पुगेपछि उनले सगरमाथा आरोहणमा ३० पटकको किर्तिमान राखेका हुन् ।

आरोही गाइडको रूपमा उनले विदेशी आरोहीका साथ आज विहान ७ः४९ बजे चुचुरोमा पाइला टेकेको बताइएको छ । १० दिनअघि शेर्पाले २९ औँ पटक सगरमाथाको आरोहण गरेका थिए । 

५४ वर्षे कामीरिता सोलुखुम्बु थामेका हुन् । पछिल्लो ३० वर्षमा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको किर्तिमान पनि उनकै नाममा छ ।
 

टिप्पणीहरू