पाकिस्तानमा दक्षिण एसियाली चुनौतीबारे छलफल

पाकिस्तानमा दक्षिण एसियाली चुनौतीबारे छलफल

पाकिस्तानको राजधानी इस्लामावादस्थित रणनीतिक अध्ययन प्रतिष्ठानको भारत अध्ययन केन्द्रले ‘दक्षिण एसियामा क्षेत्रीय सहयोगका अवसर र चुनौती’ बारे छलफल गरेको छ । कार्यक्रममा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव गोलाम सरवार, सार्क मुलुकका कूटनीतिज्ञ, विद्वत् वर्ग तथा विश्वविद्यालयका प्राज्ञको सहभागिता रहेको बताइन्छ ।

सहभागीहरुले दक्षिण एसियाली मुलुकका चुनौतीबारे विस्तृत रुपमा छलफल गरेका हुन् । उनीहरुले सार्क राष्ट्रमा देखिएको खाद्य सुरक्षा, बढ्दो जनसंख्या, प्राकृतिक विपत्ति, अन्तरक्षेत्रीय व्यापार घाटा, सम्पर्क सञ्जाल विस्तार, युवामाझ सांस्कृतिक सम्बन्धबारे विस्तृत छलफल गरेको काठमाडौंस्थित पाकिस्तानी दूतावासले जनाएको छ ।

वेवमा आधारित सेमिनार (वेविनार) का सहभागीहरूले सदस्य राष्ट्रहरूबीच आर्थिक सम्बन्ध विस्तार, व्यापार, क्षेत्रीय एकीकरण तथा सम्पर्क सञ्जाल विस्तारमा जोड दिएका हुन् ।

टिप्पणीहरू