कैलाशको गिरफ्तारीमा प्राध्यापकहरु क्रुद्ध

कैलाशको गिरफ्तारीमा प्राध्यापकहरु क्रुद्ध

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीप्रति प्राध्यापकहरुले आपत्ति जनाएका छन् । 

गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध समाचार लेखेका कारण प्रतिशोध साँधेर सिरोहियालाई कार्यकक्षबाटै गिरफ्तार गरिएको आरोप लागिरहँदा नेपाल प्राध्यापक संघका पूर्वअध्यक्षहरू, महासचिव,त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघका पूर्वसभापतिलगायतले आज संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भर्त्सना गरेका हुन् । 

नेपालको लोकतान्त्रिक आन्दोलनमा बौद्धिक समुदाय र मिडिया जगत एक-अर्काका परिपूरक रहेको उल्लेख गर्दै उनीहरुले सिरोहिया पक्राउ घटनालाई प्रेस स्वतन्त्रताविरुद्धको कदम भनेका छन् । 

'नेपालको लोकतान्त्रिक आन्दोलनमा बौद्धिक समुदायले खेलेको भूमिकालाई राज्यको चौंथो अंग संचार जगतले पुर्याएको सहयोगलाई सम्मान गर्दै प्रेस स्वतन्त्रता,मानव अधिकार,कानुनी राज्य, र लोकतन्त्रको उपहास हुनेगरी गरिएको उक्त गिरफ्तारीप्रति घोर भर्त्सना गर्दछौं', विज्ञप्तिमा भनिएको छ ।

 

सहकारी ठगी प्रकरणमा आरोपित गृहमन्त्री लामिछानेले आफ्नो कमजोरी ढाकछोप गर्न मिडियामाथि हमला गरेको प्राध्यापकहरुको ठहर छ ।

टिप्पणीहरू