सिरोहिया पक्राउविरुद्ध माइतीघरमा प्रदर्शनको तयारी

सिरोहिया पक्राउविरुद्ध माइतीघरमा प्रदर्शनको तयारी

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरेको विरोधमा नेपाल प्रेस युनियनले प्रदर्शन गर्ने भएको छ । 

युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशले अपराह्न साढे ४ बजे माइतीघर मण्डलामा विरोध कार्यक्रम गर्न लागेको हो । सरकारले सञ्चारकर्मीलाई त्रसित बनाउने, सञ्चारगृहमा आंतक सिर्जना गर्ने र स्वतन्त्र प्रेसलाई नियन्त्रणमा राख्ने प्रतिशोधपूर्ण व्यवहार देखाएको जनाउँदै  उसले प्रदर्शनमा सहभागी हुन आह्वानसमेत गरेको छ । 

नागरिकता किर्तेको आरोपमा धनुषा प्रहरीमा परेको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएपछि हिजो अपरान्ह थापाथलीस्थित कान्तिपुर कार्यालयको कार्यकक्षबाटै सिरोहियालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

टिप्पणीहरू