सिरोहियालाई शुक्रबारसम्म हिरासतमा राख्न अदालतको अनुमति

सिरोहियालाई  शुक्रबारसम्म हिरासतमा राख्न अदालतको अनुमति

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप तीन दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत धनुषाले प्रहरीलाई तीन दिनको म्याद थप अनुमति दिएको छ । 

प्रहरीले जिल्ला सरकारी वकील कार्यालयमार्फत् सिरोहियालाई पाँच दिन हिरासतमा राख्न अनुमति मागेको थियो । तर, न्यायाधीश चुरामन खड्काको इजलासले तीन दिन मात्रै दिएको हो । 

नागरिकता किर्तेको आरोपमा धनुषा प्रहरीमा परेको जाहेरीका आधारमा पक्राउ पुर्जी जारी भएपछि हिजो अपरान्ह थापाथलीस्थित कान्तिपुर कार्यालयको कार्यकक्षबाटै सिरोहियालाई प्रहरीले गिरफ्तार गरेको थियो । हिजै साँझ धनुषा पुर्याइएका उनलाई आज बिहान म्याद थपका लागि अदालत लगिएको थियो ।

टिप्पणीहरू