मेयर फ्रान्सबाट फर्केपछि उपमेयर बेलायततर्फ

मेयर फ्रान्सबाट फर्केपछि उपमेयर बेलायततर्फ

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल बेलायत गएकी छन् । ब्रिटिस काउन्सिलको निम्तोमा ‘वुमन अफ द वल्र्ड फेस्टिभल’ मा सहभागी हुन आज बेलायत गएको बताइएको छ ।

भ्रमण टोलीमा वडा नम्बर २७ की सदस्य श्रृष्टि कंसाकार, सम्पदा तथा पर्यटन विभाग प्रमुख कुमारी राई र महाशाखा प्रमुख श्रृजुमैयाँ प्रधान पनि रहेको महानगरले जनाएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार, प्रशासन विभाग प्रमुख दीपक अधिकारी, सचिवालय प्रमुख सौरभ गौतमले टोलीको बिदाइ गरेका हुन् ।

वुमन अफ द वल्र्ड फेस्टिभल फेस्टिभल बेलायतको मेनचेष्टर सहरको अभोभा स्टुडियोमा यही जेठ ११ गतेदेखि १३ गतेसम्म हुँदैछ । फेस्टिभलमा उपप्रमुख डंगोलले अभियानका संस्थापक जुड केली सीबीईसँग छलफल गर्ने र उनीहरुबीच एउटै मञ्चबाट सम्बोधन गर्ने कायक्रम रहेको महानगरले जनाएको छ । 

टोली आगामी आइतबार स्वदेश फर्कने कार्यक्रम छ । मेयर बालेन साह गत साह फ्रान्स गएर केही दिनअघि फर्केका हुन् ।

टिप्पणीहरू