अमेरिकाको भिसा मिलाइदिन परराष्ट्रमन्त्रीलाई आग्रह

अमेरिकाको भिसा मिलाइदिन परराष्ट्रमन्त्रीलाई आग्रह

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको अस्वीकृत भिसा स्वीकृत गराउने पहल थालेको छ ।

टी–२० विश्वकप सुरु हुन एक साता मात्रै बाँकी छँदा क्यानले आज बिहान उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर उक्त अनुरोध गरेको बताइएको छ ।

क्यान अध्यक्ष चतुरबहादुर चन्दसहितको टोलीले मन्त्री श्रेष्ठसँगको भेटमा भिसाको लागि पहल गरिदिन आग्रह गरेको हो । जवाफमा मन्त्री श्रेष्ठले आज अमेरिकी दूतावास बन्द रहेको र भोलि साँझसम्म ठोस जवाफ दिने बताउनुभयो ।

यता लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा नभए पनि मुलुकको सपना पूरा भएको बताएका छन् । अमेरिकी दूतावासले भिसा अस्वीकृत गरिदिएपछि उनले आज सामाजिक सञ्जालमा चित्त बुझाएको स्टाटस लेखेका हुन् । 

उनले भनेका छन्, ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुशी छु भने मेरो देशको सपना पूरा भएको छ ।’

टिप्पणीहरू