गर्मीमा उत्तरी उडानको नयाँ रणनीति, नेपालको विकासमा केही प्रगति
चाइना साउदर्न एअरलाइन्सले यो वर्षको गर्मी यामका उडान तालिकामा परिवर्तन गरेको छ । आगामी शरद ऋतु अर्थात अक्टोबरसम्म कायम हुने नयाँ उडान संरचना आजदेखि लागु गरिएको छ ।
अस्ट्रेलिया,अमेरिका,युरोपसम्म क्वाङ्ग्चौ रुट भएर यात्रा गर्नेको संख्या क्रमशः बढ्दो छ । उक्त एअरलाइन्सका दुई उडानमध्ये एउटा राति र अर्को दिउँसोको नयाँ समय तोकिएको छ । काठमाडौंबाट चाइना साउदर्नको दैनिक राति ११ः३० बजे र दिउँसोको उडान अहिलेलाई हप्ताको चार दिन १२ः५० बजे हुनेछ । यसबाट यात्रुहरूलाई क्वाङ्चौमा ट्रान्जिट समयमा सहजता हुने विश्वास कम्पनीले लिएको छ ।
रातिको उडान आगामी छ महिनासम्म एउटै समयमा हुने छ भने दिउँसोको उडान आजदेखि मे महिनासम्म हप्तामा चारपटक सञ्चालन हुनेछ । आइतबार, सोमबार,बुधबार,बिहीबारको उडान जुनदेखि अगष्टसम्म हप्तामा दुईपटक बिहीबार र आइतबार मात्रै हुने उल्लेख छ । त्यसैगरी सेप्टेम्बरदेखि अक्टोबरसम्म दिउँसोको उडान पुन : दैनिक हुने छ ।
चाइना साउदर्नले काठमाडौंदेखि क्वाङ्चौसम्म झण्डै ४५ हजार सिट र उताबाट काठमाडौं ४६ हजारभन्दा बढी सिट उपलब्ध गराउने छ । गत वर्षको सोही अवधिसँग तुलना गर्दा यो रुटमा सिट संख्या छ हजारभन्दा बढीले वृद्धि भएको छ ।
नयाँ उडान तालिकाअनुसार चाइना साउदर्नले काठमाडौंदेखि क्वाङ्चौसम्म झण्डै ४५ हजार सिट र उताबाट काठमाडौं ४६ हजारभन्दा बढी सिट उपलब्ध गराउने छ । गत वर्षको सोही अवधिसँग तुलना गर्दा यो रुटमा सिट संख्या छ हजारभन्दा बढीले वृद्धि भएको छ । क्वाङ्चौ–काठमाडौं रुटमा १३ हजारभन्दा बढी सिट बढेको देखिन्छ । यसले यात्रुहरूलाई हवाई यात्राको विकल्पसँगै चीन–नेपालबीचको व्यापार, पर्यटन तथा सांस्कृतिक आदानप्रदानमा थप बल पुगेको विश्वास गरिन्छ ।
आजदेखि थालिएको नयाँ उडान क्षमता वृद्धि चीन–नेपाल कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव र ‘चीन–नेपाल पर्यटन वर्ष’ लाई ध्यानमा राखेर गरिएको एअरलाइन्सको भनाइ छ । जारी विज्ञप्तिमा भनिएको छ, ‘चाइना साउदर्न दुई देशबीचको पारस्परिक सम्बन्ध प्रवर्द्धनमा सँधै प्रतिबद्ध छ । यसले दुई देशका जनतालाई अझ सहज, सुविधाजनक र कुशल हवाई यात्राको अनुभव प्रदान गर्दै आएको छ । नेपालको पर्यटन विकासमा थप योगदान पुर्याउनुका साथै चीन–नेपाल मित्रतालाई प्रगाढ बनाउने छ । आगामी दिनमा पनि बजार र यात्रुको मागलाई ध्यानमा राख्दै उडान तालिका सुधार गर्दै सुदृढ हवाई यातायात सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।’
टिप्पणीहरू