सगरमाथा चढ्न लागेका भूपूलाई एपीएफको झण्डा
सशस्त्र प्रहरीका पूर्व हवल्दार अक्कल बहादुर बोहोरा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा निस्किएका छन् ।
हल्चोकस्थित सशस्त्र मुख्यालयमा आज विशेष कार्यक्रम गरी उनको बिदाई गरिएको छ । आइजीपी राजु अर्यालले बोहोरालाई सशस्त्र प्रहरीको झण्डा दिएर सगरमाथाको सफल आरोहणका लागि बधाई तथा शुभकामना दिए ।
यसअघि सशस्त्रका बहालवाला इन्स्पेक्टर सुरज पौडेल पहिलो पटक सगरमाथाको सफल आरोहण गरेर इतिहास रचेका थिए । त्यसबेला पनि उनको सम्मानमा आइजी अर्यालले विशेष कार्यक्रम राखेका थिए ।
टिप्पणीहरू