झलनाथ बालुवाटार पुग्दा माधव नेपाल बूढानीलकण्ठ
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री र नेता खनालबीच बालुवाटारमा आज बिहान भेट भएको हो ।
करिब एक घण्टा चलेको छलफलमा उहाँहरुबीच मुलुकको पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल भने मधेस सरकारले २२ गते लिने बिश्वासको मतका निम्ति हिजो अपरान्ह काँग्रेस सभापति शेरबहादुर देउवालगायत विपक्षी दलका नेताहरुको बूढानीलकण्ठमा सम्पन्न भेटवार्तामा सहभागी हुनुहुन्थ्यो ।
टिप्पणीहरू