श्रम शोषणमा परेकाको उद्धार गर्न सम्पर्क नम्बर सार्वजनिक

श्रम शोषणमा परेकाको उद्धार गर्न सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं महानगरपालिकाले बालबालिकालाई कानूनविपरित काममा खटाएको पाइए कारवाही गर्ने भएको छ । 

आज सार्वजनिक सूचना निकालेर महानगरले १८ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण काममा लगाएको थाहा पाए तत्काल खबर गर्न अनुरोधसमेत गरेको छ । सम्पर्कका लागि ११८० वा १६६००१०५५११ नम्बर सार्वजनिक गरिएको छ । 

महानगरले आफ्नो कार्यक्षेत्रभित्र सञ्चालित होटेल, बार, रेस्टुरेन्ट, यातायात, निर्माण सेवा तथा घरमा बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाइएको पाइए कारबाही गर्ने उल्लेख गर्दै सूचना मागेको हो । महानगरले त्यस्ता बालबालिकालाई आफैँ सम्पर्कमा आउन पनि अपील गरेको छ । 

‘कहीँ कतै बालबालिकालाई जोखिमपूर्ण श्रममा लगाएको वा कानूनले तोकेबमोजिमका विशेष संरक्षणको आवश्यकता भएका कुनै पनि बालबालिका वा जीविकोपार्जनमा अत्यन्तै समस्यामा परी श्रममा आउन बाध्य भएको पाइएमा त्यस्ता बालबालिकालाई महानगरमा सम्पर्क गर्न गराउन अपील छ,’ जारी सूचनामा भनिएको छ ।

टिप्पणीहरू