शपथ ग्रहण सकेर नेपाल र भारतका प्रधानमन्त्रीबीच भलाकुसारी

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ दिल्ली पुग्नुभएको छ । उहाँ अहिले साँझ सवा ७ बजे राष्ट्रपति भवनमा आयोजना हुने प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुने कार्यक्रम छ ।

दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उपसचिवले स्वागत गरेको विदेश मन्त्रालयले जनाएको छ । शपथ समारोहलगत्तै  प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीवीच छोटो भेटवार्ता हुने छ ।

टिप्पणीहरू