बिरामी बोकेको ट्याक्सीलाई विद्युतीय कारको ठक्कर

बिरामी बोकेको ट्याक्सीलाई विद्युतीय कारको ठक्कर

महाराजगञ्ज चक्रपथमा बिरामी बोकेको ट्याक्सीलाई विद्युतीय कारले ठक्कर दिएको छ । आज बिहान सबेरै बा.२ ज ४०५० नम्बरको ट्याक्सीलाई टाटाको इभि नेक्सन कारले ठक्कर दिँदा तीन जना घाइते भएको बताइएको छ । 

ट्याक्सीमा सवार तीन जना घाइतेलाई तत्काल शिक्षण अस्पताल महाराजगन्ज लगिएको प्रहरीले जनाएको छ । सामान्य घाइते चालकलाई नजिकैको मेट्रो  अस्पतालमा उपचार गरिएको थियो ।

ट्याक्सी बूढानीलकण्ठबाट इमर्जेन्सी लाइट बाल्दै बिरामी लिएर शिक्षण अस्पताल महाराजगञ्जतर्फ जाँदै थियो । चप्पल कारखाना तर्फबाट आएको कारले ठक्कर दिँदा बिरामीसहित यात्रु घाइते भएका हुन् ।

टिप्पणीहरू