सेनाको वैकल्पिक सूचीकालाई महानगरमा अवसर

सेनाको वैकल्पिक सूचीकालाई महानगरमा अवसर

काठमाडौं महानगरपालिकाले नेपाली सेनाको वैकल्पिक सूचीमा परेका उम्मेदवारलाई नगर प्रहरी जवानमा नियुक्त गर्ने भएको छ । 

महानगरले सैन्य पदको विज्ञापन नम्बर ०८०/८१/०२ मा वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारलाई करारमा नगर प्रहरी जवानमा नियुक्त गर्न लागेको जानकारी दिएको हो । 

महानगरले एक सय ३७ जना नगर प्रहरी जवान आवश्यक रहेको बताएको छ । वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरुमध्ये इच्छुकले आगामी सात दिनभित्र महानगरको प्रशासन विभागमा दरखास्त दिन सक्नेछन् । 

दरखास्तका लागि वैकल्पिक दर्ता नम्बर खुलेको ढाँचाबमोजिमको निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पनि बुझाउनुपर्ने छ । यससम्बन्धी विस्तृत जानकारी महानगरबाट प्राप्त गर्न सकिनेछ ।

 

टिप्पणीहरू