पूर्वमा पहिरो, मध्य र पश्चिम भागमा खडेरी
अविरल वर्षापछि संखुवासभामा गएको पहिरोमा एक जनाको मृत्यु भएको छ । पहिरोमा दुई जना घाइते भएको बताइएको छ ।
हिजोदेखिको अविरल वर्षापछि आएको पहिरोमा अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत मजदुरको ज्यान गएको हो । बर्दिया घोराभिट्टाका गङ्गाराम थारुको मत्यु र मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते छन् ।
पहिरोले जलविद्युत् आयोजनाको कामदार आवास भवनमासमेत क्षति पुगेको प्रहरीले जनाएको छ ।
मुलुकको मध्य र पश्चिम भेगमा उखरमाउलो गर्मी छ । पूर्वी भागमा मनसुनको प्रभाव देखिए पनि काठमाडौं उपत्यका, पश्चिमका पहाडी र तराई भूभागमा अझै केही दिन तापक्रम बढ्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
टिप्पणीहरू