चिनियाँ मन्त्री आज आए,भोलि नै जाने
चीनको मन्त्रीस्तरीय टोली २६ घण्टाको निम्ति नेपाल आएको छ । चीनको धार्मिक मामिलासम्बन्धी मन्त्री छन रुइफङको नेतृत्वमा छ सदस्यीय टोली कतारको दोहा हुँदै आज बिहान काठमाडौं आइपुगेको छ ।
उडान नम्बर क्युआर ६५२ बाट आएको टोलीमा ह्वाङ चि हुई,लि मिङ,अइ सिआओ, सु वेनछेन र वाङ रुहुई छन् । नेपालका लागि चिनियाँ राजदूत छन सोङ प्रतिनिधिमण्डलको स्वागतका लागि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।
भोलि मध्यान्ह १२ बजे एअर चाइनाको उडानमा सिचुआन प्रान्तको छन्तु हुँदै फर्कने टोलीलाई काठमाडौंमा एक रात बस्ने प्रबन्ध बौद्धस्थित होटल हायातमा मिलाइएको बुझिएको छ ।
टिप्पणीहरू