अध्यक्षद्वारा बैठकको माइन्युट च्यातचुत
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ का वडाध्यक्ष सुवाष अधिकारीले कार्यपालिकाकै बैठकको माइन्युट च्यातेका छन् । अस्ति मंगलबार कार्यपालिका बैठकमा बवण्डर मच्चाउँदै बहिस्कार गरेका अधिकारीले निर्णय पुस्तिका अध्ययन गर्ने भन्दै मागेर च्यातेका हुन् ।
गाउँ शिक्षा समितिको निर्णय हेर्ने बहाना गर्दै कर्मचारीहरुसंग निर्णय पुस्तिका खोसेर अधिकारीले गत शुक्रबारकाे गाउँ शिक्षा समिति र मंगलबारकाे गाउँ कार्यपालिकाकाे निर्णय पुस्तिका च्यातिदिएको बुझिएको छ ।
गहन छलफल गर्दै महत्वपूर्ण निर्णय लेखिएकाे निर्णय पुस्तिका कार्यपालिकाका जिम्मेवार व्यक्तिबाटै च्यातिएपछि गाउँपालिकाले एक विज्ञप्तीमार्फत खेद व्यक्त गरेकाे छ ।
गाउँपालिकाका प्रवक्ता कुशबहादुर सिटाैलाद्वारा जारी विज्ञप्तिमा जनप्रतिनिधिजस्ताे जिम्मेवार व्यक्तिबाट यस्ताे घृणित कार्य हुनुलाई दुःखद भन्दै खेद व्यक्त गरिएकाे छ । अधिकारी माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्ष हुन् ।
टिप्पणीहरू