चिनियाँ पाहुना टोली दोहा भएर काठमाडौं

चिनियाँ पाहुना टोली दोहा भएर काठमाडौं

चिनियाँ जनराजनीतिक परामर्शदातृ राष्ट्रिय सम्मेलन (नेपालको राष्ट्रिय सभाजस्तै) का उपाध्यक्ष बाटेर नेपाल भ्रमणका लागि काठमाडौं आइपुग्दै छन् । उनी नेतृत्वको टोली कतार एअरवेजको उडानमा दोहा हुँदै बिहान साढे १० आइपुग्ने तालिका छ ।

मंगोलियन जातिका ६९ वर्षे बाटेर चिनियाँ कम्युनिष्ट पार्टीमा सन् १९८१ देखि संगठित छन् । केन्द्रीय पार्टी स्कूलबाट स्नातक उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

बाटेर चिनियाँ कम्युनिष्ट पार्टीको २० औं केन्द्रीय समिति सदस्य र १४ औं चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिमा उपाध्यक्ष चुनिएका थिए ।

टिप्पणीहरू