पहिरोमा गाउँपालिका उपाध्यक्षका परिवारका चारजना पुरिए

पहिरोमा गाउँपालिका उपाध्यक्षका परिवारका चारजना पुरिए

ताप्लेजुङमा मध्यरातमा गएको पहिरोमा एकै परिवारका चार जनाको निधन भएको छ । फक्ताङलुङ गाउँपालिका २, खेजेनिम तिड्दुमा गएको पहिरोमा ७० वर्षे रामबहादुर लिम्बूसहित उनका परिवारका सदस्यको मृत्यु भएको बताइएको छ ।

पहिरोमा उनकी कान्छी श्रीमती जसमाया लिम्बू, १० वर्षीया जुम्लाहा छोरीहरु गंगा र जमुना पनि परेका हुन् । 

मृतक सबै उक्त गाउँपालिकाका उपाध्यक्ष रविन लिम्बूका बाबु, कान्छी आमा र बहिनीहरु हुन् ।

टिप्पणीहरू