चिनियाँ पाहुना टोली आज पनि सिंहदरबारमै

चिनियाँ पाहुना टोली आज पनि सिंहदरबारमै

नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय पाहुना टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेको छ । चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका उपाध्यक्ष बाटेर नेतृत्वको २ बस र २ कारवाला टोलीले आज दिउँसो प्रधानमन्त्रीसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा झण्डै आधा घण्टा कुराकानी गरेको बताइएको छ ।

उक्त टोलीले उपराष्ट्रपति रामसहाय यादव र हिजो दिउँसो उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेको थियो । भेट हिजो दिउँसो ३ बजे परराष्ट्र मन्त्रालयमा भएको हो ।

हिजो र आजको भेटमा नेपालका लागि चिनियाँ राजदूत छन सोङ पनि उपस्थित हुनुहुन्थ्यो ।

टिप्पणीहरू