विराटनगर महानगरका एमाले अध्यक्षमाथि कार्वाही

विराटनगर महानगरका एमाले अध्यक्षमाथि कार्वाही

एमाले विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापामाथि कारबाही भएको छ । मोरङ्ग जिल्ला कमिटी संयोजक बाबुराम कार्कीले गरेको कारबाहीलगत्तै थापाले आज दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत आफ्नो स्थिति स्पष्ट पार्न लागेको बुझिएको छ ।

स्थानीय सामुदायिक खानेपानी समितिको उम्मेदवार उठाउने विषयमा भएको विवादपछि थापा कारबाहीमा परेका हुन् । जिल्ला कमिटी अध्यक्षको चाहनाविपरित थापाले अर्कै उम्मेदवारलाई समर्थन गरेपछि कार्कीले सदस्यताबाटै निलम्बन गरिदिएका छन् ।

संयोजक रहेका कार्कीले बैठक नबस्दै पहिलो काम महानगर कमिटी अध्यक्षलाई कारबाहीबाट थालेका हुन् ।

खानेपानी समितिको अध्यक्षमा लालमणि भट्टराई र राम घिमिरेबीच प्रतिस्पर्धा छ । विवादकै कारण मतगणना रोकिएको बेला थापालाई एमालेले कारबाही गरेको हो । मत गणनाको विवाद जिल्ला अदालतमा पुगेको छ । सम्भवतः आगामी १० गतेको पेशीमा अदालतबाट गणनाको आदेश हुनसक्ने छ ।

थापालाई कारबाही गर्ने एमाले नयाँ जिल्ला कमिटीको बैठक हालसम्म बसेको छैन । संयोजक रहेका कार्कीले बैठक नबस्दै पहिलो काम महानगर कमिटी अध्यक्षलाई कारबाहीबाट थालेका हुन् । 

गत स्थानीय निर्वाचनमा बिराटनगर महानगरको मेयरमा एमालेले थापालाई उठाएको थियो । तर,नेपाली काँग्रेसका उम्मेदवार नागेश कोइरालासँग पराजित हात लाग्यो ।

टिप्पणीहरू