बेला नपुग्दै हटाइए हाकिम

बेला नपुग्दै हटाइए हाकिम

सरकारको बलमिच्याईमा लगाम लगाउन अदालतले बेलाबेला विभिन्न आदेश दिंदै आएको छ । तर,सरकारी कर्मचारी तथा संस्थानका पदाधिकारीलाई वीचैमा लखेट्ने मानसिकता पनि उस्तै छ । 

पछिल्लो पटक यस्तै घटना नेपाल खानेपानी संस्थानमा दोहोरिएको छ । चार वर्षका लागि नियुक्त महाप्रवन्धक ईश्वरीप्रसादलाई कार्यावधि बाँकी रहँदै हटाइएको छ । क्याबिनेट निर्णयबाट २०७८ साल पुस १४ गते नियुक्त भएका उनलाई खानेपानी मन्त्रालयले जेठ ८ गते बर्खास्तीको पत्र थमाएको छ ।उनको कार्यकाल अझै एक वर्ष सात महिना बाँकी थियोे । 

महाप्रवन्धकका लागि उमेर हदको प्रावधान नभए पनि अवकाश पत्रमा भने ५८ वर्ष पुगेकाले हटाईएको उल्लेख गरिएको छ । यसअघि तत्कालीन महाप्रवन्धक भुपेन्द्रप्रसादलाई पनि यसैगरी हटाइएकोमा उनी सर्वोच्चको आदेशले पुनर्बहाली भएका थिए । 

ता मन्त्रालयले भने इश्वरीप्रसादको ठाउँमा त्रिदिप श्रेष्ठलाई निमित्त तोकेको छ । तर,अदालतको आदेशले सरकारको निर्णयमाथि प्रश्न उठेसँगै निमित्त तोकिएका त्रिदेवले पनि काम गर्न पाएका छैनन् ।

ईश्वरीप्रसादको हकमा पनि सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशमार्फत मन्त्रालयको निर्णय उल्ट्याइदिएको छ । गत जेठ १४ गते अदालतले उक्त आदेश गरेको भएता पनि उनले अहिलेसम्म पुनर्बहालीको मौका पाएका छैनन् । मन्त्रालयले उनलाई काममा फर्काउन आनाकानी गर्दै आएको बुझिएको छ । 

सर्वोच्चले मन्त्रालय र ईश्वरीप्रसाद दुबैलाई सार ७ गते छलफलका लागि बोलाएको छ । यता मन्त्रालयले भने इश्वरीप्रसादको ठाउँमा त्रिदिप श्रेष्ठलाई निमित्त तोकेको छ । तर,अदालतको आदेशले सरकारको निर्णयमाथि प्रश्न उठेसँगै निमित्त तोकिएका त्रिदिपले पनि काम गर्न पाएका छैनन् । जसका कारण संस्थानको सबै काम ठप्प छ । 

संस्थान स्रोतका अनुसार महाप्रवन्धक नहुँदा कर्मचारील़ाई तलव खुवाउनेदेखि आन्तरिक व्यवस्थापनको कामसमेत प्रभावित भएको छ । त्यस्तै,पानी उत्पादन,वितरण तथा देशभरकै २२ वटा शाखाका काम कारवाही प्रभावित भएका छन् ।

टिप्पणीहरू