सिन्धुलीमा लेदोले गाडी पुरियो, पूर्वमा भारी वर्षाको सम्भावना

सिन्धुलीमा लेदोले गाडी पुरियो, पूर्वमा भारी वर्षाको सम्भावना

मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कालिआपमा लेदोले सडकमा ट्रक पुरिएको छ । लगातारको वर्षाले खुर्कोट–घुर्मि सडक खण्डका धेरै ठाउँमा पहिरो गएको छ ।

लेदोले प्रदेश २–०३–००१ ख– ७१४४ नम्बरको ट्रक पुरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलञ्जोर गाँउपालिकाको कालिआप, अक्करेभीर, कुँडुलेमा गएको पहिरोपछि राजमार्ग अवरुद्ध भएको छ ।

आज कोशी प्रदेश र मधेशका अधिकांश जिल्लामा वर्षा हुने सम्भावना रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले वर्षापछिको सम्भावित बाढी र पहिरोमा सतर्कता अपनाउन सल्लाह दिएको छ ।

टिप्पणीहरू