सर्वोच्च परिसरमा नाराबाजी

सर्वोच्च परिसरमा नाराबाजी

नेपाल बार एशोसिएशनले न्याय परिषद्को स्वेच्छाचारी कदमविरुद्ध विरोध प्रदर्शन गरेको छ । आगामी हप्ता उमेर हदका कारण अवकाशमा जान लागेका प्रधानन्यायाधीशमाथि न्यायाधीश नियुक्तिको सिफारिस गर्न लागेको आरोप लगाउँदै कानुन व्यवसायीहरुले विरोध जनाएका हुन् ।

बारले जारी गरेको विज्ञप्तिमा न्यायपरिषद्को नियमावली नसच्याउँदासम्म उच्च अदालतमा न्यायाधीश नियुक्ति नगर्न चेतावनी दिइएको छ । बारले बिदामा बस्नुपर्ने प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र संसदीय सुनुवाइको प्रक्रियामा पुगेका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायतका न्यायपरिषद्का पदाधिकारीहरुले न्यायाधीश नियुक्तिसम्बन्धी निर्णय गर्न खोजेको आरोप लगाएका छन् ।

 

नेपाल बार एशोसिएशनको नेतृत्वमा भएको विरोध कार्यक्रममा न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर्न र न्यायालयमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायमको माग गरिएको छ ।

 

उनीहरुले स्वतन्त्र न्यायपालिकाको रक्षा गरौं, मुलुकी फौजदारी कार्यविशदी संहिता, २०७४ को दफा १५५ मा भएको संशोधन खारेज गरी पूर्ववत् व्यवस्था लागू गर्न, बिगो, जरिवाना तिरे पश्चात मात्र पुनरावेदन, मुद्दा दोहोरयाई पाऊँ निवेदन दर्ता गर्ने स्वेच्छाचारी र गैरन्यायिक कार्यको अन्त्य गर्नुपर्ने माग राखेका छन् ।

टिप्पणीहरू