महेन्द्र पुलिस क्लबको पौडी पोखरीमा डुबेका व्यक्ति बिते, परिवारद्वारा आशंका

महेन्द्र पुलिस क्लबको पौडी पोखरीमा डुबेका व्यक्ति बिते, परिवारद्वारा आशंका

प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबको स्विमिङ पुलमा पौडि खेलेका एक जनाको डुबेर मृत्यु भएको छ । पोखरीको १० फिट गहिराईमा डुबेर रौनक शाक्यको ज्यान गएको बताइएको छ ।

शाक्यको मृत्युपछि मात्रै आफूहरुलाई खबर गरिएकाले परिवारले शंकास्पद भनेका छन् । उनीहरुले रौनक पोखरीमा डुबेकोबारे अस्पतालमा पुर्याएपछि मात्रै सम्बन्धित पक्षले खबर गरेको बताए ।

टिप्पणीहरू