जनकपुर जाँदै गरेको बस दुर्घटनामा तीन जनाको मृत्यु

जनकपुर जाँदै गरेको बस दुर्घटनामा तीन जनाको मृत्यु

रुपन्देहीबाट जनकपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस सर्लाहीमा दुर्घटनाग्रस्त भएको छ । बागमती नगरपालिकाको रायमाझी चोकमा भएको दुर्घटनामा तीन जनाको मृत्यु र १७ जना घाइते भएका छन् । 

प्रहरीका अनुसार चोकमा रोकिएको लरीमा बस ठोक्किँदा तीन जनाको घटनास्थलमा ज्यान गएको हो । रुपन्देहीको मायादेवी गाउँपालिकाका हरिबहादुर चौधरी, दशरथ कोहार र रामकरण केवटको मृत्यु भएको छ ।

घाइतेहरुमध्ये केहीको जनकपुर र केहीको वीरगञ्जका अस्पतालमा उपचार भइरहेको बताइएकाे छ ।

टिप्पणीहरू