आन्दोलनकारीलाई बोर्डको आग्रह - बीमाप्रति विष्तृणा फैलाउने काम नगर्नू

आन्दोलनकारीलाई बोर्डको आग्रह - बीमाप्रति विष्तृणा फैलाउने काम नगर्नू

स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमप्रति सर्वसाधारणमा वितृष्णा फैलाउने गरी गतिविधि नगर्न आन्दोलनरत पक्षलाई अनुरोध गरेको छ । 

केही दिनयता बीमा दर्ता सहयोगीहरुले बोर्डको केन्द्रीय कार्यालयसहित प्रदेश तथा जिल्ला सम्पर्क कार्यालयमा गरिरहेको नाराबाजी, धर्ना, जुलुस, तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै बोर्डले यस्तो आग्रह गरेको हो । 

बोर्डले विज्ञप्ति जारी गर्दै आन्दोलनका नाममा नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रमप्रति नै वितृष्णा हुने प्रकारको काम नगर्न सचेत गराएको छ । साथै, दर्ता सहयोगीहरुको माग सम्बोधन गर्न सम्बन्धित निकायमा अनुरोध तथा सहजीकरणका लागि बोर्ड तत्पर रहेको पनि जनाइएको छ । 

‘दर्ता सहयोगीहरुले आफूलाई परेको समस्याको विषयमा राखेको यथार्थ र उचित मागहरुलाई कार्यालयको कार्य वातावरणमा असर नपर्ने गरी प्रतिनिधिमार्फत सम्बोधन गर्ने कार्यमा सम्बन्धित निकायहरुमा अनुरोध तथा सहजीकरण गर्न बोर्ड सदैव तत्पर एंव प्रतिबद्ध छ,’ विज्ञप्तिमा उल्लेख छ ।
 
स्वास्थ्य बीमा कार्यक्रम २०७२ चैत २५ गतेदेखि सुरु भएको हो । प्रारम्भको सात वर्षसम्म दर्ता सहयोगीले पाउने प्रोत्साहन रकममा १ प्रतिशत मात्र करकट्टा हुने गरेकोमा आर्थिक वर्ष २०७९-०८० देखि १५ प्रतिशत कट्टा गर्न लागिएको छ । त्यसप्रति आपत्ति जनाउँदै केही दिनयता उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

टिप्पणीहरू