गोर्खा ब्रुअरीलाई दुई लाख जरिवाना

गोर्खा ब्रुअरीलाई दुई लाख जरिवाना

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गोर्खा ब्रुअरी प्रालिलाई कारबाही गरेको छ । नवलपरासीको गैडाकोट नगरपालिका-१० मा रहेको कम्पनीलाई विभागले दुई लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो । 

इजाजतपत्र नभएको आपूर्तिकर्तामार्फत श्रमिक आपूर्ति गरी गैरकानुनी रुपमा काममा लगाएको जनाउँदै विभागले कम्पनीलाई केही दिनअघि स्पष्टीकरण सोधेको थियो । तर, कम्पनीले स्पष्टीकरण दिन बेवास्ता गरेपछि जरिवाना गरिएको विभागका निर्देशक मणिनाथ गोपले बताए । 

उनका अनुसार श्रम ऐन, २०७४ को दफा १६३ (१)(क) मा भएको व्यवस्थाबमोजिम जरिवाना तिराउने निर्णय गरिएको हो । विभागले १५ दिनभित्र जरिवाना रकम बुझाउन निर्देशन दिएको छ ।

टिप्पणीहरू