गृहसचिवसहित दुबै आइजीपी पर्सि अमेरिका प्रस्थान

गृहसचिवसहित दुबै आइजीपी पर्सि अमेरिका प्रस्थान

गृहसचिव एकनारायण अर्याल नेतृत्वको तीन सदस्यीय टोली अमेरिका जाने भएको छ । नेपाल प्रहरी प्रमुख वसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल सदस्य रहेको टोली पर्सि बिहान त्यता जान लागेको हो । 

उक्त टोलीले अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको शान्ति मिसनमा सहभागी प्रहरी संगठनहरुको सम्मेलनमा भाग लिनेछ । राष्ट्रसंघीय महासचिवले प्रत्येक दुई वर्षमा आयोजना गर्ने शान्ति मिसन सम्मेलनमा शान्ति टोली पठाउने मुलुकका प्रहरी संगठनहरुले भाग लिने गरेका छन् ।

दुई दिने उक्त सम्मेलनमा दुई वर्षअघि तत्कालीन प्रहरी प्रमुख धिरजप्रताप सिंह र सशस्त्रका अर्यालले भाग लिएका थिए । यसपटक भने वसन्त कुँवरसहित गृहसचिवको नेतृत्वमा टोली अमेरिका जान लागेको हो ।
 

टिप्पणीहरू