अर्थमन्त्रीको गृहजिल्लामा शहीदका नाममा रूख

अर्थमन्त्रीको गृहजिल्लामा शहीदका नाममा रूख

रोल्पा नगरपालिकाले 'एक शहीद एक रुख' कार्यक्रम घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८१-८२ का लागि १६० बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरपालिकाले शहिदको नाममा बृक्षारोपण कार्यक्रम अघि सारेको हो । 

१० वर्षे जनयुद्धको क्रममा शहीद भएकाहरुको सम्झना र सम्मानको लागि यस्तो कार्यक्रममा ल्याइएको मेयर सुरेन्द्र घर्तीले बताए । यस कार्यक्रमले हरीयाली प्रवद्र्धन र सरसफाइ अभियानमा पनि सहयोग पुग्ने उनको विश्वास छ । 

त्यस्तै, स्थानीय उत्पादनहरुको बजारीकरणको लागि 'मेड इन् रोल्पा' नामक घर स्थापना गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । सात्दोबाटो, चुनारेभीर, घामतारा, दार्बोट, कालीपोखरी, तिलाचौर युद्ध क्षेत्र, तामाखानी र ओख्रेनीलगायतका क्षेत्रलाई समेटेर एकीकृत पर्यटन सर्किटको रुपमा विकास गर्ने नगरपालिकाले जनाएको छ । 

रोल्पा माओवादी जनयुद्धको उद्गमस्थल मानिन्छ । यहाँका अधिकांश स्थानीय तहमा माओवादीकै नेतृत्व छ ।

टिप्पणीहरू