मुलुकको शासन सञ्चालनप्रति काँग्रेस रनभुल्ल

नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ‘मुलुक कसले चलाएको छ ?’ भनेर प्रश्न गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीसँग उक्त प्रश्नको जवाफ मागेका हुन् ।

‘प्रधानमन्त्री भन्नुहुन्छ मेरो निर्देशन कसैले मान्दैन, प्रधानमन्त्रीय पद्धतिमा यो भन्दा लज्जाजनक कुरा के हुन्छ ?’ उनले प्रश्न गरे, ‘यो अराजकता कहिले अन्त्य हुन्छ ? यो देश सरकारले चलाएको छ कि अन्त कतैबाट म जवाफ चाहन्छु ?’ 

काँग्रेसका अर्का सांसद तथा महामन्त्री गगन थापाले पनि हिजो प्रधानमन्त्री प्रचण्डलाई मन्त्रीहरुले नटेरेको भए बालुवाटारबाट डेरा सर्न सुझाव दिएका थिए ।

टिप्पणीहरू