अमेरिकी वायुसेनाको विमानमा ल्याइएको सामानबारे सांसदको सोधनी

अमेरिकी वायुसेनाको विमानमा ल्याइएको सामानबारे सांसदको सोधनी

सत्तारुढ माओवादी केन्द्रका सांसद पूर्ण घर्तीले नेपालमा अमेरिकी एयर फोर्सको विमान बारम्बार आउनुको कारण माग गरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले गत वैशाखमा अमेरिकी एयर फोर्सका विमानमा के सामान ल्याइएको थियो ? भनेर सोधेका छन् ।

कमजोर नेतृत्वकै कारण यस्ता गतिविधिबाट नेपाल शक्तिशाली राष्ट्रहरुको चेपुवामा पर्दै गएको उनको तर्क थियो । 

उनले भनेका छन्, ‘गत वैशाख ६, ७, ८ र ९ गते अमेरिकी एयर फोर्सको पाँच वटा जहाज कतारबाट प्रत्येक साँझ आउने र बिहान फर्किने गरे । यसैगरी यही असार २ गते पनि मलेसियाबाट सोही एयर फोर्सको जहाज साँझ आएर बिहान फर्कियो ।’

सांसद घर्तीले ती जहाजमा ल्याइएका सामान कसका लागि थियो भनेर सोधनी गरेका छन् । ‘सामान्य हो भने प्राइभेट जहाज आउनुपर्ने, सैन्य सामग्री हो भने किन र के प्रयोजनका लागि ल्याइयो ?,’ उनको जिज्ञासा छ ।

टिप्पणीहरू