एमाले जम्बो टोली आजै राती चीनतिर

एमाले जम्बो टोली आजै राती चीनतिर

एमाले उपमहासचिव विष्णु रिमाल नेतृत्वको जम्बो टोली चीन जान लागेको छ । ३० सदस्यीय टोली मध्यरात काठमाडौंबाट चाइना साउदर्नको उडानमा ग्वाङ्चौ प्रस्थान गर्ने तयारी छ ।

टोलीमा स्थायी कमिटी सदस्य भानुभक्त ढकाल,पोलिटब्यूरो सदस्यहरु विनोद श्रेष्ठ,सुजिता शाक्य, धेश प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल छन् । त्यसैगरी केन्द्रीय सदस्यबाट इन्दिरादेवी गौतम,जीवन गौतम,लालबहादुर घाप्र,प्रेमप्रसाद दंगाल,नागेन्द्र शाही,पेम्बा लामा,बदमी कवारी,प्रेमबहादुर तामाङ्ग,भिष्मनाथ अधिकारी पनि टोलीमा समावेश छन् ।

चीन जाने टोलीमा कृष्णभक्त पोखरेल,महेश बस्नेत,सरस्वती सुब्बा, शान्ति चौधरी,विदुरकुमार लिङ्गथेप, इन्द्रप्रसाद भण्डारी,आरती भण्डारी, बालसिङ्ग काउछा,श्रीप्रसाद श्रेष्ठ, यज्ञराज ढुङ्गाना,गोविन्दकुमार पुन,अमी तामाङ्ग,किरण माली,घनश्याम सुवेदी, एलडी शर्मा,मनोज ताम्लीलाई पनि राखिएको छ ।

उपमहासचिव नेतृत्वको टोलीमा केन्द्रीय सम्पर्क समन्वय समितिका संयोजक अटाएनन् तर सचिव परेका छन् । १२ दिने चीन भ्रमणमा निस्कन लागेको टोलीले हिजो दिउँसो पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताहरुसँग बिदाई भेट गर्दै पार्टी मुख्यालयमा फोटो सेसन गरेको थियो ।

टिप्पणीहरू