पूर्वको एमाले पोलिटिक्स र बा"का बितृष्णा

पूर्वको एमाले पोलिटिक्स र बा"का बितृष्णा

नेकपा एमालेको कोशी प्रदेशका १४ मध्ये ११ जिल्लामा अधिवेशन सकिएको छ । मोरङ,तेह्रथुम र इलाम तीन जिल्लामा भने यो काम फत्ये हुन बाँकी नै छ । 

आन्तरिक गुट राजनीतिमा रुमल्लिएकाले मोरङमा अधिवेशन सम्पन्नको सट्टा जिल्ला कमिटीका उपाध्यक्षलाई आयोजक समितिको संयोजक बनाइएको छ । बेलैमा अधिवेशन हुन नसक्दा यसअघि पनि आयोजक समिति बनाइएको थियो । त्यसबेलाका संयोजक ऋषि पोखरेलले अधिवेशनको सट्टा आयोजक समिति नै पुनर्गठन गरेर उपाध्यक्ष बाबुराम कार्कीलाई आयोजक समितिको नयाँ संयोजक बनाइदिएका थिए ।

एमाले अध्यक्ष केपी शर्मा ओली समूहको निशानामा परेका विनोद ढकालको प्यानललाई हराउने साइत जुराउँदै गर्दा अधिवेशन पछि सरेको बताइन्छ । त्यसअघि ढकाल निकट भनेर चिनिएका कमरेडहरुलाई सोत्तर पार्न स्थानीय निर्वाचनताका विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवार रहेका नगर अध्यक्ष सागर थापालाई साधारण सदस्यबाट निलम्बन गरिएको छ । उनीमाथि स्थानीय खानेपानी समितिको निर्वाचनमा एमाले संस्थापन पक्षले तोकेको उम्मेदवारविरुद्ध बागी खडा गरेको आरोप छ । मोरङमा परशुराम बस्नेत पनि ढकालकै विपक्षमा रहेको बताइन्छ ।
 
इलामको अवस्था पनि त्यस्तै छ । वैशाखमा गर्ने भनिएको अधिवेशन उपचुनावका कारण रोकिएको थियो । यसबीचअधिवेशन गर्न अघि सरेका जिल्ला अध्यक्षलाई बैठक नै नराखी उनको पद खोसिएको छ । सांसद महेश बस्नेत अध्यक्ष थिए । आयोजक समिति गठन गर्न बैठक बोलाउने सुरसार गरिँदा एकाएक गणेश बराललाई संयोजकको जिम्मेवारी दिइएको छ । सांसदलाई जिल्ला अध्यक्ष नबनाउने नीति अनुसार बस्नेत जिम्मेवारीमुक्त गरिएको अर्को पक्षको दाबी छ ।
 

प्रदेश कमिटीका अध्यक्षले दिएको पत्रको आधारमा प्रदेश सचिवालयमा रहेका बराल संयोजक तोकिएका हुन् । यसबाट पनि इलाम एमालेमा ठूलै लफडा रहेको अनुमान गर्न सकिन्छ । प्रतिनिधि छनौट भइसकेपछि सदस्यताको विवाद झिकेर प्रक्रिया रोकिएको छ ।

"अस्ति मध्यराती बाले उपमहासचिव बिष्णु रिमालको नेतृत्वमा चाइना त पठाए तर उनी ३० जनाको समूहमा कतै देखा परेनन् र अलग्गै चाइना साउदर्न एअरलाइन्सको ६ नम्बर सिटमा पहिले नै गएर थपक्क बसिदिए ।"

यसै सन्दर्भमा एमालेका एक जना पोलिटब्युरो सदस्य भन्छन्,‘मोरङका विनोद ढकाललाई किन दपेटियो ? बडो अचम्मलाग्दो छ । कोशीबाट पार्टी केन्द्रीय सदस्य ५५ जना छन् । ढकालको पक्षमा प्रदेश चुनावमा खुल्ने युवराज बास्कोटा,रामलाल साहलगायत अर्का एक जना मात्रै थिए ।’ उनका अनुसार कम्युनिष्टहरुलाई सिध्याउन अरु चाहिन्न,आफैभित्रका भस्मासुर वा यदुबँशी भए पुग्छ । 

यतिखेर राजनीतिक प्रतिवाद गर्नेहरु ‘बा’ र उहाँका मान्छेहरुलाई प्रिय नलाग्ने उनै सदस्यले बताए । उदाहरण दिँदै भने, ‘सुदूर पश्चिमका कर्ण थापा एक जमानामा बाका प्रिय थिए । मकवानपुरका कृष्ण दाहाल र लमजुङका पिएस गुरुङ्गहरुसँग पनि बा समूह खुशी देखिँदैन ।’

विगतमा भक्तपुरका महेश बस्नेत अध्यक्ष ओलीका कण्ठप्रिय थिए । तर,हनी ट्र्यापर शोभा पाठक काण्ड लागेपछि उनले पनि शीर ठाडो पारेर हिँड्न सकेका छैनन् । अस्ति मध्यराती बाले उपमहासचिव बिष्णु रिमालको नेतृत्वमा चाइना त पठाए तर उनी ३० जनाको समूहमा कतै देखा परेनन् र अलग्गै चाइना साउदर्न एअरलाइन्सको ६ नम्बर सिटमा पहिले नै गएर थपक्क बसिदिए । 

अर्का नेता ऐन महरलाई स्वयम् बाले जोगाइदिनुभयो । पार्टी बैठकमा महरलाई कारबाही गरिएको भनियो । तर, त्यसबारे अन्तरपार्टी सर्कुलर जारी गरिएन । बझाङको उपचुनावलाई हेरेर कारबाहीलाई ढिसमिस पारियो । तर, अहिले उनै महरको नाममा अदालतले १५ दिने म्याद जारी गरेको छ । 

रश्मिलाकुमारी धामीले दायर गरेको मुद्दामा उच्च अदालत पाटनले जेठ ३२ गते म्याद जारी गरेको हो । असार ३ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै अदालतले महरलाई आफैँ उपस्थित हुन वा वारेसमार्फत् लिखित जवाफ पेश गर्न भनेको छ । अन्यथा कानुनबमोजिम हुने अदालतले स्पष्ट पारेको छ ।

अदालतले जेठ ९ गते प्रतिवादीको नाममा म्याद सूचना पठाएको थियो । तर, म्याद तामेल हुन नसकेपछि दोस्रो पटक पत्रिकामा सूचना प्रकाशित गरेको जनाइएको छ । उत्प्रेषणसमेतको आदेश माग्दै उच्च अदालत पाटनमा दर्ता भएको मुद्दा इजलासमा पेश गरी अदालतले जेठ ९ गते प्रतिवादीको नाममा म्याद पठाएको थियो । तर, म्याद तामेल हुन नसकेपछि दोस्रो पटक पत्रिकामा सूचना प्रकाशित गरिएको हो ।

टिप्पणीहरू