यी ३ जर्नेललाई पनि केरकार गरियोस्

यी ३ जर्नेललाई पनि केरकार गरियोस्

रथी अशोकराज सिग्देल प्रधान सेनापति प्रभुराम शर्मा रिटायर्ड भएर घर बस्ने बेला निकै विवादित भएका छन् ।

सेनापति प्रभुराम शर्माको २०८० पौष ४ गते संसदीय सुनुवाई समितिमा दाबी थियो– अशोकराज सिग्देलको दुईवटा नागरिकता थियो, जसमा उमेर १७ वर्ष छ । उनले त्यस दिन सरासर ढाँटेको प्रष्ट छ । अशोकले रूपन्देही जिल्लाबाट बनाएको प्रतिलिपिमा उमेर १७ वर्ष, जारी मिति २०४० साल असोज ०९ गते छ भने जाजरकोटमा गुल्मपति हुँदा बनाएको आर्को प्रतिलिपिमा उमेर १७, जारी मिति २०४० साल श्रावण २९ गते लेखिएको छ ।

यी दुई मितिलाई नै प्रभुराम चिफसाबले रथि पदोन्नतीको आधार बनाई गरिमामय संसद्मा निकै कड्किएका थिए । यदि प्रभुरामको उक्त दाबीलाई आधार मान्ने हो भने अशोक सैनिक ऐनमा भएको ५७ वर्षे उमेरको कारण २०८० असोज ९ गते रिटायर्ड भइसक्नुपर्ने हो । कसरी जागिरमा बहाली रहेर मंसिर २७ गते ३ तारेमा पदोन्नति भए ? जाजरकोटको प्रतिलिपिलाई आधार मान्ने हो भने २०८० श्रावण २९ गते भूपू हुनुपर्ने थियो । नेपाली सेना राष्ट्रको अन्तिम र भरोशायुक्त शक्ति हो ।

यदि, यस्तो संस्थामा विवादित प्रधानसेनापति नियुक्ति भएमा राष्ट्रमा ठूलो संकट आउन सक्ने हुँदा यसतर्फ सरकार, सञ्चारजगत र जनता चनाखो रहनु जरुरी छ । सैनिक सचिव र अभिलेखालयमा भएको व्यक्तिगत गोप्य रेकर्ड सबै ३० बेसिकका विष्णु खड्का र ज्योतिन्द्र महत र युवराज कार्कीको मिलेमतोमा सच्याइएको हुँदा तिनलाई पनि केरकार नगरी हुन्न । 

– हितचिन्तकहरु

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू