लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको रोपाइँ बौद्ध स्तुपामा (फोटो फिचर)

लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको रोपाइँ बौद्ध स्तुपामा (फोटो फिचर)

नेपालमा पहिलोपटक लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले राष्ट्रिय धान दिवस तथा ईन्द्रेणी रोपाइँ जात्रा मनाएका छन् । राजधानीको बौद्ध स्तुपा प्राङ्गणमा धान रोपेर हिजो उनीहरुले राष्ट्रिय धान दिवस मनाएका हुन् । 

मायाको पहिचान नेपालले डाकिनी हस्पिटालिटीको सहयोगमा आयोजना गरेको दिवसमा ठूलो संख्यामा उपस्थिति थियो । संस्थाका अध्यक्ष माया गुरुङ्गले रोपो दिएकी थिइन् भने केहीले रोपाइँ गरे, केहीले बाउसेको भूमिका निर्वाह गरेका थिए ।

माया पहिचानका कार्यकारी निर्देशक एवम् संविधान सभाका सभासद् सुनिलबाबु पन्तले धान दिवस तथा रोपाइँ जात्रा मनाउन पाउनु लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका लागि सौभाग्यको कुरा भएको बताए । 

‘स्थानीय परम्परालाई निरन्तरता दिँदै संस्थाले धान दिवसको आयोजना गरेको थियो । पहिलोपटक लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय धान दिवसमा सहभागी हुनुभएको थियो । यो उहाँहरुका लागि सौभाग्यको कुरा हो । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय समाजकै सदस्य हुन् । समाजमा उहाँहरुको पनि योगदान छ’, उनले भने । 

त्यस्तै, उनले आगामी वर्ष पनि यस्ता कार्यक्रमको आयोजना गरिने बताए । रोपाइँ जात्रा एउटा जीवन्त उत्सव हो । ‘मानो रोपेर मुरी उब्जाउने’ असार महिनाको १५ गते राष्ट्रिय धान दिवस मनाउने गरिन्छ । यो वर्षको नारा ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ राखिएको थियो ।

टिप्पणीहरू