जर्नेलका छोरा जसरी पनि पास

जर्नेलका छोरा जसरी पनि पास

आफ्नो छोराका लागि आन्तरिक परीक्षकलाई फुलीको धाक लगाउन र बाह्य परीक्षकलाई सकेसम्म लोभ देखाउन रिटायर्ड दुई तारे जर्नेल डा. देवेन्द्र खत्री कस्सिएका छन् । एमबीबीएस परीक्षा दिएर जर्नेलको छोरालाई छुट्टै क्राइटेरिया लगाउन खोजिएको अनुभव भएपछि सँगै परीक्षा दिने हामी ९९ जना विद्यार्थी निराश हुन पुगेका छौं । अहिलेको कलेज भनौं कि अस्पताल प्रशासनले यसतर्फ ध्यान दिनुको बदला पूर्व जर्नेलकै दबावलाई झेल्नुपरेको अवस्था छ । खत्री जर्साब यसअघि कलेजको एक्जिक्युटिभ डाइरेक्टर हुनुभयो । 

खत्रीको छोरा शिरिष इएनटी (नाक, कान घाँटी)मा पनि अनुत्तीर्ण भएका थिए । लिखित परीक्षा तोकिएको केन्द्रमा भए पनि प्राक्टिकल परीक्षा भने अस्पतालमै हुने गर्छ । डा. रत्ना अधिकारी खत्री पनि छोराको जाँचको दिन बेलाबेला ढोकामा टुप्लुकिन्थिन् । अरुलाई बेवास्ता गर्ने, आफ्नो छोराको कोठामा भने घरिघरि देखा पर्ने काम कुन नैतिकता अन्तर्गत पर्छ ? खत्रीको छोरासँगै बहालवाला दुई तारे जर्नेल सन्तोष ढकालको छोरा पनि गतहप्ता सम्पन्न एमबिबिएसको जाँचमा सहभागी थिए ।

छोराहरू बाउको बर्दीकै धाक लगाएर पास हुने भएपछि हामी गरीव र सर्वसाधारणका छोराछोरीले अब के गर्ने होला ? अहिले हामी विद्यार्थी डा. नागेन्द्र केसीको निष्पक्ष र राम्रो काम सम्झने अवस्थामा छौं । अर्को महिना रिजल्ट आउने एमबिबिएस जाँचमा देखाइने बन्दुकेपाराको असरबाट मुक्त गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौं । 

– पीडित छात्रछात्रा ।

(साभार:जनआस्था साप्ताहिकबाट)

टिप्पणीहरू