जनआस्थाको समाचार पुष्टि, घण्टीका मन्त्रीहरुले सरकार छाड्दै

जनआस्थाको समाचार पुष्टि, घण्टीका मन्त्रीहरुले सरकार छाड्दै
सुन्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको हितविपरित कांग्रेस-एमालेले नयाँ गठबन्धन बनाएको निष्कर्ष निकालेको छ । आज बसेको सचिवालय बैठकले नयाँ गठबन्धनले देशलाई राजनीतिक स्थायित्व दिन नसक्ने ठहर गरेको हो । 

दुई ठूला शक्तिहरू सँगै सरकारमा रहँदा लोकतान्त्रिक संस्कार नहुने रास्वपा नेताहरुको दावी छ । 

आज बिहान जनआस्थाले उल्लेख गरेझैं  http:// https://janaaastha.com/story/155702यसबीच रास्वपाले नयाँ सरकार बन्ने प्रक्रिया शुरु भएसँगै आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने पनि निर्णय गरेको छ । अस्वभाविक रुपमा आएको सत्ता परिवर्तनले जनताको मुद्धामा भइरहेको कामसमेत प्रभावित बनेको भन्दै मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको बैठकमा सहभागी नेता सन्तोष परियारले जानकारी दिए । उनले जनआस्थासँग भने, ‘हामी नयाँ गठबन्धनमा जाँदैनौँ । हाम्रा मन्त्रीहरुलाई फिर्ता बोलाउँदैछौं । त्यसअघि सभापतिज्यूले एकपटक प्रधानमन्त्रीसँग वार्ता गर्ने कुरा भएको छ ।’ 

पार्टी सभापति रवि लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटेर छलफल गर्नेछन् । 

अहिले सरकारमा रास्वपाका चार मन्त्री छन् । सभापति लामिछाने आफै उपप्रधानसहित गृहमन्त्री छन् भने सुमना श्रेष्ठ शिक्षा मन्त्री छिन् । त्यस्तै डिपी अर्याल श्रममन्त्री छन् भने विराजभक्त श्रेष्ठ खेलकुद मन्त्री हुन् ।

टिप्पणीहरू