बूढानीलकण्ठ पुगेका साना दलहरु सकारात्मक

बूढानीलकण्ठ पुगेका साना दलहरु सकारात्मक
सुन्नुहोस्

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ गठबन्धनमा सामेल हुन गर्नुभएको प्रस्तावलाई संसदमा प्रतिनिधित्व गर्ने साना दलका नेताले सकारात्मक रुपमा लिएका छन् । देउवा निवास बूढानीलकण्ठमा भएको बैठकमा सभापति देउवाले मुलुुकमा स्थायित्वको निम्ति साना दलको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै साथ दिन आग्रह गर्नुभएको बताइन्छ ।

बैठकमा काँग्रेसका तर्फबाट सभापति देउवासहित उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता कृष्ण सिटौला सहभागी थिए  । जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, प्रमुख सचेतक ज्ञानेन्द्र शाही, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता सर्वेन्द्रनाथ शुक्लाको पनि उपस्थिति थियो ।

सो क्रममा सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमतिबारे जानकारी गराएपछि जवाफमा राप्रपा अध्यक्ष लिङ्देनले सकारात्मक धारणा राखेको बताइएको छ । उनीलगायत अन्य नेताले पनि संविधान संशोधनको विषयमा आफ्नो पार्टी सकारात्मक रहेको र साथ दिने प्रतिबद्धता जनाएको बुझिएको छ ।

टिप्पणीहरू